टेसा पोखराको २६ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैं | माघ ७, २०८१
पोखरा: ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराले आफ्नो २६औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालय फरेष्ट रिसोर्टमा संस्थाले बनभोज सहित साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पर्यटकीय स्थानमा पर्यटनसम्बद्ध संस्थाले कार्यक्रम गरी यस क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभयो ।
संस्थाले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै उहाँले आगामी दिनमा संस्थाको सफलताको कामना गर्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका क्षेत्रमा प्रयोग हुने समाग्रीहरूको विक्री वितरण गरी पर्यटन क्षेत्रमा टेसाले महत्वपूर्ण योगदान गरेको उहाँले बताउनुभयो ।
पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा संस्थाले गरेको योगदान प्रशंसनीय भएको उहाँको भनाइ छ ।
टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीले संस्थाले पोखराको पर्यटन प्रवद्र्धनका हरेक कार्यक्रममा सकृयताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
व्यवसायिक एकतासँगै एकआपसमा आपसी सद्भाव अभिबृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
टेसा पोखराका पूर्व अध्यक्ष नारायणप्रसाद सुवेदीले टेसामा आवद्ध व्यवसायीहरू संस्थागत रुपमा एकतावद्ध हुँदै पर्यटन प्रवद्र्धन, सामाजिक उत्तरदायित्वका कार्यक्रममा कृयाशिल बन्दै अघि बढेको धारणा राख्नुभयो ।
टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीको सभापतित्व एवम् सचिव महेन्द्रबहादुर जिसीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष टीकाबहादुर लम्सालले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू रामु गौतम, नारायण सापाकोटा, नवराज अधिकारी, चन्द्र पौडेल, राम गिरी लगायत पोखरामा कृयाशिल पर्यटनसम्बद्ध संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।
उक्त अवसरमा कार्यक्रमका सहभागीले पोखरा–३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालयन फरेष्ट रिसोर्टको स्थलगत अवलोकनसँगै त्यहाँबाट प्रवाह भैरहेका सेवा सुविधाबारे जानकारी लिएका थिए ।
करिब १२ करोड रुपैयाँ लागतमा निर्मित उक्त रिसोर्टबाट लेखनाथका बेगनास ताल, रुपाताल, माछापुच्छ«े सहितको हिमाली दृश्य एक साथ अवलोकन गर्न सकिन्छ । पर्यटकस्तरीय सुविधासम्पन्न २२ वटा कोठाका साथै सभाहल समेत रहेको रिसोर्टबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलका साथै पोखराको रमणीय दृश्य पनि अवलोकन गर्न सकिन्छ ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

